शहबाज खान
कृष्णनगर नगरपालिकाको लेखाशाखा प्रमुखको रूपमा कार्यरत लेखापाल सन्तोस पंथी माथि हिजो आइतबार करीब ११:३०बजे सोही नगरपालिका वडा न.६ का वडाध्यक्ष देवानन्द शुक्लाले हातपात गरेका हुन । लेखा शाखामा आई कर्मचारी कै कार्यकक्ष कर्मचारी माथि गरिएको हातपात तथा अमर्यादित ब्यवहार गरेको घटना प्रति खेद प्रकट गर्दै त्यहाका सम्पुण कर्मचारिले एक विज्ञाप्ति जारी गरि घोर बिरोध गरेका छन । उक्त घटनाले गर्दा त्यहाँका कर्मचारीहरुमा डर र त्रासपुर्ण बाताबरण सिर्जना भएको हुँदा उक्त घटनाको छानबिन गरी क़ानून बमोजिम कारवाहिको मांग गरेको छ ।साथै सम्पुर्ण कर्मचारिलाइ शान्ती सुरक्षाको प्रत्यभूति नहुदा सम्म यस कृष्णनगर नगरपालिकाको सम्पुर्ण कर्मचारीहरुले आफ्नो पेन डाउन गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त घटना बारे प्रशासकीय अधिकृत विजय कुमार कार्की संग बुझदा हाम्रा कर्मचारी माथि अभद्र व्योहार भएको छ नगरपालिका सम्पूर्ण कर्मचारी पेनडाउन गरि घटनाको छानविनको लागि ईलाका प्रहरी कार्यलय कृष्णानगरलाई निवेदन दिने तैयारीमा रहेको अधिकृत कार्कीले बताउनु भयो।
वडाध्यक्ष देवानन्द शुक्ला माथि २०७६ श्रावण ८ गते कीटनाशकयुक्त झूल बितरण सम्बन्धि कार्यक्रमको समाचार संकलन गर्न जाँदा महिला सञ्चारकर्मी लाई त्यस वडा कार्यालय तथा भिल्मी स्वास्थ्य चौकीमा वडाका अध्यक्ष देबानन्द शुक्लाले दुब्र्यहार र अपमान गरेको आरोप लगाउदै समाजबादी फोरम नेपाल निकट संघीय प्रेस फोरमले घोर बिरोध गरेका थिए। र एक बिज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न र भबिष्यमा यस्ता घटना घटन् नदिई भयरहीत बातावरणमा काम गर्ने परिबेश बनाउन माग पनि गरेको थिए।