प्रेम ताडी,सुखड,चैत्र ७,
काठमाण्डौमा जारी त्रिकोणात्मक क्रिकेट सिरिजमा आज दिउँसो नेपाल र नेदरल्यान्ड खेल्ने भएका छन् ।
गएको शनिबार देखि सञ्चालित त्रिकोणात्मक क्रिकेट सिरिजमा आज नेपालले आफ्नो तेस्रो खेल अन्तर्गत नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपालले यस अघि खेलेका दुई ओटै खेलमा सानदार जीत हात पारेको थियो । पहिलो खेलमा नेदरल्याण्डलाई नौ विकेटले र दोस्रो खेलमा मलेसियालाई पनि समान नौ विकेटले नै पराजित गरेको थियो ।
आज नेपाल अपराजित यात्रा कायमै राख्न को लागि नेदरल्यान्ड विरुद्ध पनि सहज जित निकाल्न चाहन्छ ।
भने नेदरल्यान्ड पनि नेपाललाई पराजित गरी आफ्नो फाइनल को यात्रा बलियो बनाउन चाहन्छ । उसले खेलका दुई खेल मध्य एकमा हर र एकमा जित हात पारेको छ ।
यस अघिका दुई ओटै खेलमा सानदार जित हात पारेको नेपालको भने फाइनलको यात्रा बलियो बनिसकेको छ । आज जित हात पारे नेपाल अपराजित रहँदै फाइनल पुग्नेछ ।
खेल दिउँसो १:१५ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।