Sunday, September 24, 2023

नेदरल्याण्डलाई विशाल लक्ष्य दिँदा पनि कहाँ चुक्यो नेपाल

प्रेम ताडी, सुखड, चैत्र ७,

आज भएको त्रिकोणात्मक सिरिज क्रिकेटमा मा नेपाल २०७ रनको लक्ष्य दिँदा पनि नेदरल्याण्डसँग तीन विकेटले पराजित भएको छ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट सुरुवात गरे आज पनि उनले ४६ बलमा एक छक्का र आठ चौका सहित ६२ रनको योगदान दिए । त्यस्तै क्याप्टेन ज्ञानेन्द्र मल्लले २०, उपकप्तान दीपेन्द्र सिँ ऐरीले पनि आज उत्कृष्ट पारी खेले उनले ३० बलमा पाँच छक्का र तीन चौका को मद्दतमा ६० रनको योगदान दिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय टि-२० अर्धसतक हो । यस्तै कुशल मल्लले १८, सोमपाल कामी २१ रनमा अविजित रहे ।

त्यस्तै वलिङमा नेदरल्याण्डका भिभियन किंग्मा, कप्तान पीटार सीलारले दुई/दुई, बासडी लिडे र आर्यन दत्तले एक/एक विकेट लिए ।

२०७ रनको विशाल विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको नेदरल्याण्डले उक्त लक्ष्य १९.३ ओभरमा सात विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि बासडी लिडेले अविजित ८१, बेन कपूरले ५५, कप्तान पीटर सीलारले ३१, टोबिएस भिसेले १५ रन बनाए ।

त्यस्तै बलिङ मा नेपालका सन्दीप लामिछानेले एक्लैले चार विकेट लिँदा पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् । त्यस्तै कुशल मल्ल,अभिनाश बोहरा, करण केसीले समान एक/एक विकेट लिए ।‌

आज नेपाल फिल्डिङ मा अलि धर्मराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 4

Leave A Reply

Your email address will not be published. Required fields are marked *