Sunday, September 24, 2023

भारतको एक अस्पतालमा अक्सिजन चुहावट हुँदा भ्यान्टिलेटरमा राखेका २२ जनाको मृत्यु

एजेन्सी, ८ वैशाख ।

भारतको महाराष्ट्रको नासिकस्थित अस्पतालमा भ्यान्टिलेटरमा अक्सिजन चुहावट हुँदा भ्यान्टिलेटरमा राखिएका २२ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ ।

अक्सिजन लिक भएको घटनाको छानविन गर्न मुख्यमन्त्री उद्धव ठाकरेले निर्देशन दिइसकेका छन् । डा.जाकिर हुसेन अस्पतालमा भएको घटनापछि ठाकरेले मृतक परिवारलाई प्रति व्यक्ति ५ लाख भारुको राहत दिने घोषणा गरेका छन् ।

अक्सिजन चुहावट ठिक गर्न प्राविधिकहरुलाई एक घन्टा लागेको थियो । अक्सिजनको पाइपलाइन सिधै कोभिड वार्डमा लगिएको थियो । चुहावटका क्रममा अक्सिजन राखिएको क्षेत्र सेतो ग्याँसले छेकिएको थियो । स्रोतः एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

Leave A Reply

Your email address will not be published. Required fields are marked *