प्रेम ताडी, चैत्र ८
गएराति भएको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स विरुद्ध चेन्नई सुपर किङ्स ले १८ रन को रोमाञ्चक जीत हात परेको छ ।
हिजोको दोस्रो खेलमा अन्तर्गत मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा मात्र तीन विकेटले गुमाएर २२० रन बनायो ।
त्यस पछि २२१ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको केकेआर १९.१ ओभरमा सबै विकेट गुमाउँदै २०२ रनमा समेटिन पुग्यो ।उसका लागि प्याट कमिन्स र आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।
कमिन्सले ३४ बलमा ६ छक्का र चार चौकासहित अविजित ६६ र रसेलले २२ बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ५४ रन बनाएर आउट भए ।
त्यस्तै, दिनेश कार्तिक ४० रनमा आउट हुँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङ तर्फ चेन्नईका दीपक चाहरले चार, लुंगी एनगिडीले तीन र साम करनले एक विकेट लिए ।
त्यस्तै पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २२१ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो । उसका लागि ओपनर फाफ डुप्लेसिसले उत्कृष्ट पारी खेले । उनले ६० बलमा चार छक्का र नौ चौकाको मद्दतमा अविजित ९५ रनको योगदान दिए ।
त्यस्तै, ऋतुराज गायकवाडले ६४, मोइन अलीले २५, कप्तान महेन्द्रसिंह धोनीले १७ र रवीन्द्र जडेजाले नटआउट ६ रन बनाए ।
त्यस्तै बलिङमा केकेआरका वरुण चक्रवर्ती, आन्द्रे रसेल र सुनिल नाराणले एक/एक विकेट लिए ।
भने केकेआर का महत्वपूर्ण अलराउन्डर प्याट कमिन्स भने महंगा साबित भए । उनले चार ओभर बलिङ गर्दै बिना विकेट ५८ रन खर्चिए ।