Saturday, September 23, 2023

घोडाघोडिमा वैशाख १४ गतेबाट वार्षिक परीक्षा सञ्चालन हुँदै (तालिका सहित)

खगेन्द्र अवस्थी
कैलालि

घोडाघोडि नगरपालिकाका सबै विद्यालयमा वैशाख १४ गतेबाट वार्षिक परीक्षा सञ्चालन हुने भएको छ।

वैशाख ८ गते बसेको बैठकमा कोरोनाको विकराल रूपलाई मध्यनजर गर्दै परीक्षा सञ्चालन गर्ने भएका छन्। नगरपालिका भरिका सम्पूर्ण विद्यालयमा कक्षा ११ र १२ बाहेक सबैको परीक्षा हुने र कक्षा ११ को र १२को रास्ट्रिय परिक्षा बोर्डले तोकेको समयमा हुने भएको छ।

विश्व महामारी कोरोनाले विकराल रूप लिएको हुँदा विद्यार्थी अन्योलमा नपरून् भन्ने हेतुले परीक्षा सञ्चालन गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डले लिने गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई) पनि घोडाघोडि नगरपालिकामा वैशाख १४ गते देखि नै हुने भएको छ।

घोडाघोडिका सम्पूर्ण विद्यालयमा आज देखि र्यान्डम टेस्ट गरिरहेका र परीक्षामा उच्च सतर्कता अपनाइ परीक्षा गराइने भएका छन् । परीक्षामा एउटा कोठामा करिब ३० जना राख्नेगरि , अनिवार्य मास्क र अनिवार्य सामाजिक दुरी कायम गरी परीक्षा गरिने भएको छ। नगरपालिकाका वार्षिक परीक्षा वैशाख १४ गते देखी २२ गतेसम्म सञ्चालन हुने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 3

Leave A Reply

Your email address will not be published. Required fields are marked *