प्रेम ताडी,बैशाख ११, सुखड कैलाली,डेमोक्रेसी नेपाल
त्रिकोणात्मकक सिरिज क्रिकेटको फाइनलमा खेल आज हुने भएको छ । फाइनलमा नेपाल र नेदरल्याण्ड खेल्दैछन् ।
काठमाण्डौमा जारी त्रिकोणात्मक सिरिज क्रिकेटमा आज फाइनल खेल टियु मैदानमा दिउँसो १:१५ बजे बाट सुरु हुनेछ । समूह चरणको लिगमा शीर्ष स्थानमा रहँदै फाइनल पुगेको नेपाल र उपविजेता बन्दै फाइनल पुगेको नेदरल्याण्ड विच आजको खेल रोमाञ्चक हुने खेल प्रेमीहरुको उत्साहले देखाएको छ ।
एका तर्फ नेपाली क्रिकेट टोलीका नयाँ प्रशिक्षक डेभ ह्वाटमोर को पहिलो सिरिज रहेको छ भने अर्को तर्फ नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई आफ्नो कप्तानीमा पहिलो अन्तर्राष्ट्रिय सिरिजको उपाधि जित्ने मौका छ र ११ वर्ष पछि नेपालले घरेलु मैदान मा अन्तर्राष्ट्रिय सिरिजको उपाधि जित्ने मौका अर्को तर्फ रहेको छ ।
नेपालले एउटा खेलमा नेदरल्याण्डलाई नौ विकेटले हराएको थियो भने अर्को खेलमा आफू तीन विकेटले पराजित हुन पुगेको थियो । समग्रमा भन्दा नेपालले यस सिरिजको लिग चरणमा एउटा मात्र खेल हारेको थियो भने तीन ओटा खेलमा जित निकालेको थियो । नेदरल्याण्डले पनि एक खेलमा हर बेहोरेको थियो भने एक खेलमा बराबरी गरेको थियो ।
मलेसियासँग अन्तिम खेलमा जित निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले विभिन्न सञ्चार माध्यम संग कुरा गर्दै भनेका थिए,” नेदरल्याण्ड पनि बलियो टोली रहेको छ हामीले अझै धेरै मिहिनेत गर्नु पर्ने छ फाइनल जित्नको लागि हामी सोही अनुसार तयारी अवस्थामा रहने छौं र केही टिममा खेलाडीहरू फेरबदल गर्नुपर्ने देखिन्छ र त्यो हामी छलफल गर्ने छौ । हामीले जसरी पनि बलिङमा रन बचाउनु पर्ने छ जुन स्पिनर बलरबाट रन उनीहरू खोसीरहेका छन् त्यसलाई बचाउनु पर्ने छ ।”