प्रेम ताडी,वैशाख ११, सुखड,कैलाली, डेमोक्रेसी
नेपालनेपालद्वाराा नेदरल्याण्डलाई १४२ रनले पराजित गर्दै त्रिकोणात्मक सिरिज क्रिकेटको उपाधि उचालेको छ । घरेलु मैदानमा ११ वर्षपछि ऐतिहासिक जित निकालेको हो ।
आज दिउँसो १:१५ बजे बाट सुरु भएको त्रिकोणात्मक सिरिज क्रिकेटमा नेपालले टस हारेर ब्याटिङको मौका पाएको थियो नेपालले निर्धारित २० ओभरमा मात्र तीन विकेट गुमाएर २३८ रन बनाएको थियो ।
२३९ रनको विशाल लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रनमा समेटियो । नेदरल्याण्डका लागि सेबस्टियान ब्राटले २५, म्याक्स ओदाउदले २० र कप्तान पीटर सिलारले १३ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन ।
बलिङ मा नेपालका करण केसी ले कसिलो बलिङ गरे उनले तीन ओभरमा ११ रन खर्चेर तीन विकेट लिए । त्यस्तै कमल सिँ ऐरी र सन्दीप लामिछानेले समान दुई/दुई तथा अभिनाश बोहरा ले एक विकेट लिए ।
यस अघि ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट सुरुवात गरे । उनले ५३ बलको सामना गर्दै तीन छक्का र आठ चौका को मद्दतमा ७७ रन बनाएर आउट भए । त्यस्तै कुशल मल्लले २४ बलको सामना गर्दै पाँच छक्का र दुई चौका को मद्दतमा ५० रनमा अविजित रहे । त्यस्तै दीपेन्द्र सिं ऐरी ले बिस्पोटक ब्याटिङ गरे । उनले मात्र १८ बलको सामना गर्दै तीन छक्का र पाँच चौकाको मद्दतले ४८ रनमा अविजित रहे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आशिफ शेखले १६ रन बनाएर आउट भए ।
यस्तै बलिङमा नेदरल्याण्डका फिलिप बोइसेभ्यानले दुई र सेबस्टियान ब्राटले एक विकेट लिए ।
यो जित सँगै नेपालले घरेलु मैदानमा ११ वर्ष पछि उपाधि उचालेको हो । आज नेपालले एका तर्फ नेपाली क्रिकेट टोलीका नयाँ प्रशिक्षक डेभ ह्वाटमोरको पहिलो सिरिज रहेको छ भने अर्को तर्फ नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो कप्तानीमा पहिलो अन्तर्राष्ट्रिय सिरिजको उपाधि उचालेको छन् ।
यति ठूलो अन्तरले नेपालले अन्तर्राष्ट्रिय टि २० मा उपाधि उचेलको यो अहिले सम्मकै नयाँ कृतिमान हो । यो सँगै नेपालले इतिहासकै नयाँ उपलब्धि हासिल गरेको छ ।