११ वैशाख,
नेपालमा आज पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनाको र सीमा नाकामा गरिएको एन्टिजेन टेष्टमा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।
हाल देशभर १६ हजार ८२८ संक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ ।