आज सोमबार बसेको कर्णाली प्रदेशसभा बैठकले एमालेबाट निर्वाचित चार जना संसद्लाई सभामुख राजबहादुर शाहीले पद मुक्त गराएका छन् ।
पद मुक्त हुनेमा सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित अमरबहादुर थापा पदमुक्त भएका हुन्।
यी चारै जनाले बैशाख ३ गते पार्टीको ह्विप विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएपछि कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम सभामुखले सांसदहरु पदमुक्त भएको घोषणा गरेका हुन्।
हाल थापा प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री, शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्। ज्वाला भने कुनैपनि जिम्मेवारीमा छैनन्।