१३ वैशाख,
त्रिभुवन विश्वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ ।
सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो ।
बढ्दो कोरोना संक्रमणका कारण भौतिक उपस्थित भएर परीक्षा लिन सम्भव नभएका कारण सबै परीक्षा स्थगित गरिएको जानकारी दिएको छ ।