राम बिश्वकर्मा ( पुणे )
भारतकाे महाराष्ट पुणेमा श्रीमान द्वारा श्रीमतीकाे हत्या भएकाे छ ।
नेपाल घर अछाम मंगलसेन वडा न ७ माइतीघर भएकि अन्दाजी १८ बर्षिय संगीता जनालाकाे श्रीमान राजेश बि क द्वारा निर्घात कुटपिट पश्चात् उपचारका क्रममा मृत्यु भएकाे छ ।
श्रीमान , श्रीमती लामाे समय देखि भारतकाे महाराष्ट पुणेकाे पिंपरी क्षेत्रमा काम गर्दै अाएका थिए । प्रहरी का अनुसार श्रीमान घटना पश्चात् अात्मा हत्या प्रयास गर्दा चाेटपटक लागेर अस्पतालमा उपचारत्मक रहेकाे याे घटना अनुसन्धान भईरहेकाे प्रहरी ले बताएकाे छ ।