Tuesday, September 26, 2023

देश भरका शैक्षिक संस्था बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

१३ वैशाख,

सरकारले देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले हिजो कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी)ले सिफारिस गरे अनुसार सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले सञ्चार माध्यमलाई जानकारी दिए ।

आजको बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० सक्रिय संक्रमित भए र तराई मधेस तथा उपत्यकाकाका हकमा ५०० बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय पनि गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने, अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई होम र विदेशी नागरिकलाई १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । भने अन्तरिक हवाई उडान भने बन्द नहुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 3

Leave A Reply

Your email address will not be published. Required fields are marked *