Thursday, September 28, 2023

निषेधाज्ञा गर्ने सरकारको निर्णयसँगै उपत्यका छोड्नेको भिड 

सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरूको भिड लागेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसैले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरूको भिड लागेको छ ।

खासगरी काेटेश्वर नाका र थानकोट नाकामा उपत्यका छाड्नेहरूको भिड बढेको छ । त्यसबाहेक बालाजुतर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाड्ने मानिसको भिड लागेको छ । सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुने गरी दुई हप्ता निषेधाज्ञा जारी गरेको छ ।

केही समयअघिसम्म यात्रुविहीन गुडेका सवारीसाधनले खाँदाखाँद यात्रु लिएर उपत्यका छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *