Thursday, November 30, 2023

कैलालीमा संक्रमणको संख्यामा तिब्रता,एकै दिनमा १४९ जनामा संक्रमण, धनगढीमा मात्रै १२७ जना

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १९७ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० जनाको परीक्षणमा १९७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । कैलालीका मात्रै १४९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसमा सबै भन्दा धेरै धनगढी उपमहानगरपालिकाका रहेका छन् । धनगढीका मात्रै १२७ जनामा संक्रमण देखिएको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *