Thursday, September 28, 2023

बागमती प्रदेशले आज मन्त्रिमण्डल विस्तार गर्दै

१५ वैशाख,

आज बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ ।

२०७७ साल पुस १० गते तीन मन्त्रीले सामूहिक राजीनामा दिएपछि खाली रहेको मन्त्रालयमा जिम्मेवारीसहित मन्त्रीपरिषद बिस्तारको तयारी गरिएको हो ।बागमती प्रदेशका मुख्‍यमन्त्री डोरमणि पौडेलले मन्त्रीमण्डलमा तीनजना मन्त्री र एकजना राज्‍यमन्त्री थप्‍ने तयारी गरेका बताइएको छ ।

मन्त्री हुनेमा जुनेली श्रेष्ठ, चन्द्र लामा, केशब पाण्डे र डा. राकुमार अधिकारीको नाम रहेको र उनीहरुको आजै दिउँसो ४ बजे सपथ ग्रहणको तयारी गरिएको एमाले सांसद दिपक निरौलाले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

यसअघि आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *