Saturday, September 23, 2023

ट्राफिक प्रहरी निरीक्षक बोहरा सर्बोउत्कृष्ट ट्राफिक प्रहरी अवार्डले सम्मानित

बैशाख १५,

धनगढी: जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक बिरेन्द्रबहादुर बोहरा सम्मानित भएका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रहरी निरिक्षक बोहरालाई महिनाको सर्वोत्कृष्ट ट्राफिक प्रहरीको अवार्ड र नगद पुरस्कार प्रदान गरेको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेब गौतमले बोहरालाई उक्त अवार्ड र नगद पुरस्कार हस्तान्तरण गरेका हुन्।

प्रदेश ट्राफिक प्रहरी कार्यालयको अभिलाषा, प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा स्थानीय तहको सहभागिता भन्ने मुल नारालाई आत्मसाथ गर्दै विभागिय मुल्य मान्यता निती निर्देशन वमोजिम ईमान्दार, बफादार, कर्तयव्यनिष्ठ, अनुशासित र लगनशिल भई कुशल कार्य सम्पादन गर्ने गरेको भन्दै प्रहरी निरीक्षक बोहरालाई २०७७ साल चैत्र महिनाको सर्वोत्कृष्ट ट्राफिक प्रहरीको अवार्ड र नगद पुरस्कारसहित सम्मान गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 4

Leave A Reply

Your email address will not be published. Required fields are marked *