कञ्चनपुरमा एउटा अश्लिल भिडियो लिक भएपछि युवतीका परिवारका सदस्य प्रहरीमा पुगेका छन् । भिडियोमा किशोरी नग्न भएर अश्लिल गतिविधि गरिरहेकी देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भिडियो कसरी लिक भयो भन्ने बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । ठाडो उजुरीको आधारमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर चन्दले बताए ।
प्रहरीका अनुसार महेन्द्रनगरकी ती किशोरी अहिले विदेशमा रहेका युवकसंग प्रेममा थिइन । ती किशोरी र युवकका बीचमा फोन तथा भिडियोमा अश्लिल कुराकारी हुने र नग्न भिडियो आदानप्रदान हुने गरेको बताइएको छ। स्रोत:-नवकान्तिपुर डटकम
