Saturday, September 23, 2023

भारतबाट फर्किएका नेपाली गौरीफन्टा नाकामा अलपत्रमा( फोटो फिचर)

डेमोक्रेसी संवाददाता कैलाली,बैशाख १६,

भारतमा पनि कोरोना भाइरसको दोस्रो लहर तिब्र रुपमा फैलिएसँगै भारतबाट फर्किएका नेपाली नागरिक गौरीफन्टा नाकामा अलपत्रमा परेका छन्

रोजगारीका लागि भारतका विभिन्न स्थानमा गएका नेपालीहरु कोरोनाबाट बच्न स्वदेश त फर्किए। तर कैलालीमा आज मात्रै निषेधाज्ञा जारी भएका कारण उनीहरु नाकामै अलपत्र परेका छन्।

निषेधाज्ञापछि सम्पूर्ण सवारी साधन बन्द भएका कारण नेपालीहरु घर पुग्न पाएका छैनन्। उनीहरु चर्को घर्मीमा नाकामै अलपत्र परेका छन्।

भारतबाट फर्किएकाहरुलाई घर पुर्‍याउने व्यवस्था स्थानिय तह देखि प्रदेश सरकारले नगरिदिएको भन्दै उनीहरु निराश बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *