कैलालीमा पनि आज एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, अस्पतालको आइसियूमा उपचाररत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले सञ्चार माध्यमलाई जानकारी दिए दिएका हुन् ।