Saturday, September 23, 2023

घोडाघोडी नगर पालिकामा कार्यरत नौ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

वैशाख १७ सुखड

कैलालीको घोडाघोडी नगरपालिकाका कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा घोडाघोडीका ९ जना कर्मचारीमा सङ्क्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिए ।

उनका अनुसार नगरपालिमा कार्यरत ५ जना, वडा नम्बर १ मा कार्यरत १ जना,वडा नम्बर ३ मा कार्यरत २ जना र वडा नम्बर १० मा कार्यरत १ जना कर्मचारीमा कोरोना पुष्टि भएको उनले बताए । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसिरहेको उनले जानकारी दिए । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि नगरपालिकाको सेवा बन्द नरहेको नगरपालिकाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *