बैशाख १७,
डडल्धुरामा वैशाख १९ गते आईतबार देखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरिने भएको छ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दर तीब्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले विभिन्न सञ्चार माध्यमलाई जानकारी दिए ।
आज शुक्रबार बसेको सर्वपक्षीय बैठकको सुझावका आधारमा वैशाख १९ गते बिहान ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको उनले बताए ।
यस अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खाद्यान्नका पसल भने बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म तथा दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ जनाइएको छ ।