Thursday, September 28, 2023

कैलालीमा कार्यरत पाँच पत्रकारमा कोरोना संक्रमण पुष्टि,दुई जनाको अवस्था जटिल

धनगढी: कैलालीमा कार्यरत ५ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ।

संक्रमण पुस्टि भएकामध्ये २ जना पत्रकारको अवस्था भने जटिल रहेको बताइएको छ।

नेपाल पत्रकार महासंघ कैलालीले शुक्रबार विज्ञप्ति जारी गरी ती संक्रमित पत्रकारहरुको स्वास्थ्य लाभको कामना गर्दै सरकारसँग उचित औषधोपचारको माग गरेको छ।

त्यस्तै संक्रमित पत्रकारहरुका लागि अलग्गै आईसोलेसन निर्माणको गृहकार्य भइरहेको विज्ञप्ति मार्फत जनाएको छ।

संक्रमण पुस्टि भएका पत्रकारहरुको उपचारका लागि अस्पतालहरुसंग समन्वय गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

महासंघले अहिले देखिएको आईसीयू, भेन्टिलेटर र अक्सिजनको अभावलाई ध्यानमा राखी त्यसको व्यवस्था गर्नुपर्ने माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *