Saturday, September 23, 2023

कोरोना संक्रमण तिव्र रुपमा फैलीरहेको भन्दै अछाममा पनि निषेधाज्ञा

बैसाख १८ अछाम ।
अछाममा बैशाख १९ गते देखि जेठ २ गते सम्म सुरु हुने निषेधाज्ञा हुने भयको छ । कोरोना माहामारिको संक्रमण तिव्र रुपमा फैलीरहेको भन्दै अछाममा पनि निषेधाज्ञा गरियको हो ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिव्र रुपमा फैलीरहेका बेला त्यहा बाट फर्किने अछाम बासिको संख्या दिनानु दिन बढदै गएपछि अछाममा पनि कोरोना संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएकाृे सुचनामा उल्लेख छ । जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रको सिफारिस तथा जिल्ला सुरक्षा समिती अछामको १६ गते बसेको निर्णय अनुसार जिल्लाभर निषेधाज्ञा लागु गरिएको जनाइएको छ । जिल्लाबासी सबैमा उक्त निर्देशन पालना गर्न आग्रह गरिएको छ भने नियमको उल्ंघन गरे प्रचलित कानुन बमोजिम कारबाही हुने जारी सुचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *