काठमाडौं: रुपन्देहीका एकजना कोरोना संक्रमितले आत्महत्त्या गरेका छन्।
आज जिल्लाको सैनामैना नगरपालिकाको वडा नम्बर १ वनकट्टामा रहेको कोरोना अस्थायी अस्पतालमा सैनामैनाको रानिबगियाका ४० वर्षीय पुरुषले आत्महत्या गरेका हुन्।
वैशाख १६ गते कोरोना पुस्टि भएपछि अस्पताल भर्ना भएका उनले शनिबार बिहान शौचालयमा आत्महत्या गरेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले बताए ।
स्वास्थ्यकर्मी पाण्डेका अनुसार स्वास्थ्य अवस्था सामान्य नै रहेका ती पुरुषले बिहान शौचालय जाने बहाना गरी झुण्डिएर आत्महत्या गरेका थिए।