प्रेम ताडी,बैशाख १८,
सनराइजर्स हैदराबादले डेभिड वार्नर लाई हटाएर केन विलियम्सनलाई कप्तानमा नियुक्त गरेको छ ।
१४ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदराबादले कप्तान परिवर्तन गरेको छ । नियमित कप्तान वार्नर खराब लयमा देखिएपछि उनको कप्तानीमा समेत प्रश्न उठेकाले उनलाई आज एक प्रेस विज्ञप्ति मार्फत वार्नर लाई हटाएको र उनको ठाउँमा पुन न्यूजील्याण्ड का कप्तान केन विलियम्सनलाई नियुक्त गरेका छन् । उनी यो भन्दा अगाडि पनि हैदराबाद का कप्तान बनिसकेका छन् ।
उनको कप्तानीमा हैदराबाद २०१८ को आईपीएल मा फाइनलमा पुगेको थियो । उसो त वार्नर को कप्तानीमा पनि हैदरावाद ले एक पटक उपाधि समेत उचालेको थियो । तर विस्पोटक ब्याटिङ गर्ने उनी यस पटक केही सुस्त गतिमा देखिएका छन् ।