बैशाख १८
कोरोना भाइरसको दोस्रो लहर को संक्रमण दर तिब्र रुपमा फैलिएको र नेपालका विशेषत २२ जिल्लामा डरलाग्दो गरी फैलिएकाले विभिन्न जिल्लाहरुमा अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसक्ने अवस्था आएको बताएको छ।
हिजो शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित विभिन्न जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
सार्वजनिक अपिल मा भनिएको छ,”स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।”
स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी सुदूरपश्चिमका कैलाली कञ्चनपुरसहित मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु र सुर्खेत कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला बनेको मन्त्रालयले जनाएको छ।