Tuesday, September 26, 2023

लकडाउनको तेश्रो दिन आज कैलालीमा निषेधाज्ञा उल्लंघन गर्ने १२४३ सवारी साधन नियन्त्रणमा

खवर संवाददाता, वैशाख १८

कोरोना महामारीको दोस्रो लहर सुरु भए संगै बैशाख १६ गरे कैलाली र कञ्चनपुरमा गरिएको बन्दाबन्दीमा आज कैलालीमा निषेधाज्ञा जारी भएको तेस्रो दिनपनि ट्राफिक प्रहरीले कडाई गरेको छ। तेस्रो दिन आज निषेधाज्ञा उल्लंघन गर्ने १ हजार २ सय ४३ सवारी साधनलाई नियन्त्रणमा लिइएको हो।

बिहान ६ देखि साँझ ६ बजेसम्म निषेधाज्ञा उल्लंघन गर्ने १२४३ सवारी साधनलाई नियन्त्रणमा लिएको र ती मध्ये १२ सवारी धनीलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक बिरेन्द्रबहादुर बोहराले बताए।

उनले सवारी साधनमाथि कारवाही गरेर ७ हजार ५ सय राजस्व संकलन भएको बताए।

निषेधाज्ञा उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।उल्लंघन गर्ने १२४३ सवारी साधन नियन्त्रणमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *