Sunday, September 24, 2023

दर्दनाक घटना- एउटै कारभित्र मृत भेटिएका तीन बालककाे पहिचान खुल्याे

तुलसीपुर उपमहानगरपालिका–६ मा लक गरी राखिएको आरजे ०१ सीसी ०८८५ नम्बरको भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन जना बालकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्वर्गद्वारी टोलमा पार्किङ गरि राखिएको कारमा मृत भेटिएका तीन बच्चाको पहिचान खुलेको छ ।ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण रहेका छन् ।

उनीहरु तीनै जना वैशाख १६ गते हराएको परिवारले बताएका छन् ।घटना रहस्यमय रहेकाले अनुसन्धानकालागि नेपालगञ्जबाट कुकुरसहितको टोली पनि आएको छ । लामो समयदेखि पार्किङ गरि राखिएको गाडीमा कसरी शव फेला प¥यो भन्ने विषयमा अझै अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

स्थानीय यादव गैरेको भारतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा उनीहरु मृत फेला परेका थिए ।

अनुसन्धानकालागि गाडी धनी गैरे र चालक पदम बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफन्तले बच्चाको हत्या भएको भन्दै सत्यतथ्य अनुसन्धानको माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *