Tuesday, September 26, 2023

मन्त्रिपरिषद्को बैठक अचानक आज बस्दै

बैशाख १९ ।

भोलि सोमबार बस्ने तय भएको मन्त्रिपरिषद् बैठक आजै अपरान्ह बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाएको हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको बैठकबारे कुनै एजेण्डा खुलाइएको छैन । आजको बैठकमा कोरोना महामारीमा छलफल र निर्णय हुन सक्ने स्रोतको दाबी छ। बैठकले महामारी रोकथामका लागि सिसिएमसीले गरेका सिफारिसमा समेत निर्णय लिने छ ।

आजको बैठकले जारी निषेधाज्ञामा कडाई गर्दै हवाई उडानको बारेमा समेत निर्णय गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *