Tuesday, September 26, 2023

सुदूरपश्चिममा कोरोना भाइरसका कारण ८ दिनमा ४३ जनाको मृत्यु

धनगढी: सुदूरपश्चिममा कोरोना भाइरसका कारण ८ दिनमा ४३ जनाको ज्यान गएको छ।

गत शनिबारदेखि यो शनिबारसम्म ४३ जनाले ज्यान गुमाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

ज्यान गुमाउनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका रहेका छन्। निर्देशनालयका अनुसार कैलाली र कञ्चनपुरमा ८ दिनको अवधिमा १८/१८ जनाको ज्यान गएको छ। डडेल्धुरा र अछामका २/२ जनाको ज्यान गएको छ भने बैतडी, बझाङ र दार्चुलाका १/१ जना संक्रमितले ज्यान गुमाएका छन्।

हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८४ जनाको ज्यान गइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ज्यान गएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *