Thursday, September 28, 2023

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन पोखरेल नै नियुक्त

काठमाडौं, १९ वैशाख

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ शाहले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एकल बहुमतको आधारमा उनलाई मुख्यमन्त्री नियुक्त गरिएको पत्र दिइएको छ । पत्रमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ ।

उक्त धारमा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुने व्यवस्था छ ।

आज विहान नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव अगाडि बढाउने भएपछि मुख्यमन्त्री पोखरेलले चतुर्याईपूर्वक राजीनामा दिएका थिए ।

एकल बहुमत दाबी गरेपनि पोखरेलको पक्षकी सांसद बिमला वलीले एमाले परित्याग गरेकी छिन् । उनी माओवादी केन्द्रमा पुगेपछि एमालेसँग ४० सिट मात्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *