गणेश साउँद बैसाख २० डोटी
प्रेस युनियन डोटीका उपाध्यक्ष , रेडियो डोटी एफएमका प्रबन्धक निर्देशक र समराइ अनलाइनका कार्यकारी सम्पादक , समेत रहेका चक्र बहादुर कुँवरले तेजु स्मृति अक्षय कोष’ स्थापनाका आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।
नेपाल पत्रकार महासंघ डोटी शाखाका कोषाध्यक्ष तथा प्रेस युनियन डोटीका उपाध्यक्ष समेत रहेका कुवँरले आफ्नो जन्मदिनको अवसरमा ११ हजार एक सय एक रुपैंया सहयोग गरेका हुन् ।नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष स्वर्गिय तेजबहादुर खड्का (तेजु) को स्मृतिमा डोटी शाखाले यो कोषको स्थापना गरेको थियो ।
प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ । जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।
पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो । जसको डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।