Tuesday, September 26, 2023

आज कैलाली र कञ्चनपुरमा गरी चार जना कोरोना संक्रमित व्यक्तिको मृत्यु

धनगढी : कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिका १ का ३८ वर्षीय पुरुष र १० की ३५ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।

३८ वर्षीय पुरुषको राती साढे एक बजेको समयमा मृत्यु भएको हो भने महिलाको विहान साढे ४ बजेको समयमा मृत्यु भएको हो।

कोरोना पुस्टि भएका उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले बताए।

यस्तै धनगढी २ का ४३ वर्षीय संक्रमित पुरुषको सेतीप्रादेशिक अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ५ बजेको समयमा मृत्यु भएको हो।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *