Saturday, September 23, 2023

सुदूपश्चिममा बझाङ बाहेक आठ जिल्लामा निषेधाज्ञा जारी

प्रेम ताडी, सुखड,कैलाली,बैशाख २१

सुदूपश्चिमका आठ जिल्लामा आज बाट पूर्ण रूपमा निषेधाज्ञा लागू भएको छ ।

कोरोना भाइरसको दोस्रो लहर चलिरहेकाले नेपालका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेका बेला यता सुदूपश्चिमका आठ जिल्लामा पनि निषेधाज्ञा जारी भएको छ । तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर सहित पहाडी जिल्ला डोटी,अछाम,बाजुरा,दार्चुला, डडेल्धुरा र बैतडीमा निषेधाज्ञा जारी गरिएको छ ।

कैलाली र कञ्चनपुरमा बैशाख १६ गते देखि निषेधाज्ञा लागू भएको थियो । डडेल्धरा र दार्चुलामा आईतबार बैशाख १९ गते देखि भने बाजुरा र अछाममा पनि १९ गतेबाट देखि नै निषेधाज्ञा जारी गरेको थियो । उता बैतडीमा सोमबार देखि जारी भयो भने त्यस्तै उता डोटी मा भने बैशाख २१ मंगलबार अर्थात् आज राती १२ बजेबाट निषेधाज्ञा जारी गर्ने जनाइएको छ ।

निषेधाज्ञा भरि अत्यावश्यक बाहेका पसल,यातायात,सञ्चालन गर्न पाइने छैन । भने मान्छेहरू पनि बिना काम बाहिर निस्कन रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *