Thursday, September 28, 2023

कोटेसन प्रक्रियाको योजना किर्ते उपभोक्ता समितीलाई, स्थानीय द्वारा बिरोध

घोडाघोडी ,बैशाख २४ शुक्रवार
कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वार्ड न १ र ८ को बिचमा रहेको भुपेन्द्र सारुको घर नजिकै नालामा कल्बर्ट निर्माण गर्नका लागि संघीय मन्त्री गौरीशंकर चौधरीको निर्बाचन क्षेत्र बिकास कोष बाट बिनियोजित रु १९ लाख को योजना का लागि काम गर्नको लागि बनेको उपभोक्ता समिती गठन नै किर्ते भएको भन्दै स्थानियले घोडाघोडि नगरपालिला वडा न १ बेल्कोट बेलारमा विभिन्न बिकास निर्माणका कार्यक्रमहरुमा २,४ जना सिमित ब्यक्तिहरु बसेर गुपचुप र मनोमानि ढङ्गले दादागिरि शैलीमा बास्तबिक उपभोक्ता हरुलाइ थाहै नदियर तानाशाहि प्रबूति बाट समिति चयन गरेको भन्दै बेल्कोट बेलारका ६६ घरका स्थानिय बासि द्वारा एक घर एक घरमुलिको हस्ताक्षर गरि सो किर्ते उपभोक्ता समिती खारेज गरि सबैको सहमतिमा उपभोक्ता समिती गठन गरि अगाडि बढ्नुपर्ने माग राखी घोडाघोडी नगरपालिका को वार्ड १ को कार्यलय मा बिरोध पत्र बुझाएका छ्न।
साथै यो योजनाको लागि काम गर्ने भन्दै झण्डै दुई पहिला पहिला नै ९५ जनाको भेला गरि सुर्य हमालको अध्यक्षतामा उपभोक्ता समिती गठन गरिएको र सो गठन प्रकिया वडाको प्रतिनिधि बिना चयन गरिएको समाबेशी र सबैको प्रतिनिधित्व नभएको र बिरोध भएको भन्दै वडा अध्यक्ष मनराज शाही ले सो समिती लाई मान्यता नदिई अब उपभोक्ता मार्फत गर्दा बिरोध हुने भन्दै बैशाख १२ गते कोटेसन प्रक्रिया बाट प्रक्रिया अगाडि बढाउनको लागि घोडाघोडी नगतपालिका लाई कोटेशन प्रक्रियाका लागि सिफारिस गरिएको थियो र नगरपालिका का प्रमुख प्रशासकीय अधिकृतले हस्तान्तरण गरेर योजना शाखा पठाइसकेको फाइल रोकि फेरि बिबादास्पद उपभोक्ता समितिलाई काम गर्ने दिनुलाइ मिलोमतो र कमिशन हुन सक्ने भन्दै स्थानियले आशन्का ब्यक्त गरेका छन।भने उपभोक्ता समितिका अध्यक्ष सुर्य हमाल ले यो बैधानिक समिती भएको दाबी गर्दै योजना ल्याउन पहल गर्दा केही रकम खर्च समेत भएकोले आफ्नै नेतृत्व मा समिती गठन गरिएको र मापदण्ड अनुसारको काम गर्ने बताए भने वडा अध्यक्ष मन राज शाहिले करिब ३ सय घर धुरीका उपभोक्ताले गुर्णस्तरिय काम हामी गर्छौ भनी दबाब दिए पछि कोटेसन प्रक्रिया रोकि फेरि उपभोक्ता समिती लाई नै दिएको र त्यही समितिलेनै काम गर्ने भनी दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *