Thursday, September 28, 2023

घोडाघोडीमा रिङरोड्को कालोपत्रे शुरु,मापदण्ड अनुसार नभएको स्थानीयको गुनासो

वैशाख २५ सुखड ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा निर्माण भइरहेको रिङ्गरोडको कालोपत्रे गर्ने कार्य शुरु गरिएको छ । करिव १७ किलोमिटर लम्बाइ रहेको रिङ्गरोडको पहिलो चरण अन्तरगत ३.५६ किलोमिटर सडक कालोपत्रे गर्नेकाम भुखाली चोक बाट शुरु भएको हो । विश्व माहामारीका रुपमा फैलीएको कोरोना भाइरस सँक्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाका बावजुद पहिलो चरणमा ३.५६ मिटरको सडक कालो पत्रे गर्ने कार्य शुरु भएको कुरा राम्रो भएको भएतापनी मापदण्डअनुसार नभएको स्थानिय आशका गरेका छन ।रिङ्गरोड निर्माणकार्य को शुरुवाती चरण देखि नै मापदण्डअनुसार र गुर्णस्तरमा कमि नहोस भन्दै स्थानीयले  बारम्बार निगरानी र दबाब दिदै कामको निगरानी गर्दै आएका छन  ।साथै रिङ्गरोड को योजना ल्याउनको लागि पहल गर्ने युवा नेता सुरेन्द्र शाही बिबेक ले पनि निर्माण कर्ता लाई गुर्णस्तर मा कुनै खाले कमि नगर्नका लागि आग्रह गर्नु गरेका र स्थानीय ले पनि आफ्नो घर अगाडि बन्न लागेको सडकको निगरानी र खबरदारी गर्नु पर्ने सुझाव दिए।

पछिल्लो समय तिव्र रुपमा फैलिदो कोरोना सँक्रमण रोकथामकालागि जारी निषेधाज्ञाका कारण विकास निर्माणका काममा कामदारको अभाव खड्कीरहेका बेला सुखड स्थीत रिङ्गरोड कालो पत्रेको कामले भने निरन्तरता पाउने कुरा राम्रो हो।
पहिलो चरणको ३.५६ किलोमीटर सडक निर्माणका लागि रेखा जे.बी. निमार्ण सेवा लम्की सँग १ करोड ५८ लाख ६० हजार ९ सय ५८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । काम सुरु भएको एक वर्ष भित्रमा ३ किलोमिटर ५६ दशम्लब मिटरको सडक कालो पत्रे भई सक्ने सम्झौतामा उल्लेख गरिएको छ । रिङ्गरोडको गत २०७८ पुष ७ गते नगर प्रमुख ममता प्रसाद चौधरीले एक कार्यक्रमका विच शिलान्यास गरेका थिए ।

स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङ्गरोड निर्माण भइरहेको हो । सुखडको भुखाली चौकबाट पिपलडाडा, पूर्वी पेट्रोल पम्प ,बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखाली चौक सम्म करिब १७ किलोमिटको रिङ्गरोडको निर्माण अवधि ३ वर्षको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *