होम प्र.आचार्य/ असोज८
घोडाघोडी नगपालिका को केन्द्र मुख्य प्रशासनिक मुख्यालय रहेको वार्ड न १ स्थित सुखड बजारको पूर्व पश्चिम राजमार्ग अन्तर्गत मुख्य चोक फोहोर फाल्ने डम्पिङ साइट बनेकोछ ।बारम्बार विभिन्न सञ्चार माध्यम मा यस सम्बन्धी समाचार हरु सम्प्रेसण भएता पनि सम्बन्धित निकाएको ध्यान गएको छैन मुख्य बजार कै केन्द्र मा रहेको सो फोहोर फाल्ने डम्पिङ साइड ले गर्दा बजार नै कुरुप र दुर्गन्धित भएको छ ।मानिस हरुको एकदमै आवत जावत हुने हुनाले स्वास्थ्यमा समेत प्रतिकूल प्रभाव परी महामारी फैलने त्रास बढेको छ साथै घोडाघोडी पर्यटकिय नगरी भनी प्रचार प्रसार गरिने ठाउँ यसरी डम्पिङ साइड बन्दा ठाउँको नै बदनाम भएको र नगर सरकार अनि स्थानिय को आलोचना हुने गरेको छ। बेलाबेलामा यहाका नगरप्रमुख ज्यूले भारतको गौरीफन्टा र बनबिरपुर जस्ता सीमामा जोडिएका अवस्थित अस्थाई फोहोर बजारको उदाहरण दिँदै सुखड बजार पनि त्यस्तै रहेको ले व्यवस्थित र सफा बनाउनु पर्ने बताए पनि व्यवहारमा चासो नदेखिएको देखिन्छ।फोहोर फाल्ने डम्पिङ साइड बन्नुमा यहाका स्थानिय पनि त्यतिकै दोषी देखिन्छन् किन की नगरपालिका ले प्रायजसो फोहोर उठाउन लागि फोहोर फाल्ने गाडी र कर्मचारीको व्यवस्था गरेको छ ।तर स्थानिय ले पनि सड्ने गल्ने फोहोर र अन्य फोहोर छुटाएर राखी नगरलिकाले व्यवस्था गरेको गाडीमा आफैं हाल्नु पर्ने थियो तर वहा हरु त्यसो नगरी मुख्य चोकमा नै फोहोर जमा गर्ने गर्नु हुन्छ।यस यस्तो कार्य गर्ने गराउने लाई नगर सरकारले दण्ड जरिमाना को व्यवस्था नगरेर साथै स्थानीय जनता लाई जनचेतामूलक कार्यक्रम नगरेर यो समस्या आएको हुन सक्छ।फोहोर मैला व्यवस्थापनमा स्थानिय सरकारको ध्यान जान जरुरी देखिन्छ।