Saturday, September 23, 2023

कैलालीमा आज फेरि ६ जनाले ज्यान गुमाए

धनगढी: कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीको निजी अस्पतालमा गरेर थप ६ जना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ की ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशिले बताए। 
यसैगरी टीकापुर अस्पतालमा उपचाररत टिकापुर नगरपालिका–१ का ५० वर्षीय पुरूष र सोही नगरपालिकाका ५० वर्षकै पुरूषको मृत्युु भएको जोशीले बताए। 
धनगढीको एक निजी अस्पतालमा उपचाररत कैलालीको लम्किचुहा नगरपालिका–९ का ४३ वर्षीय पुरूषको पनि शनिबार राति मृत्यु भएको उनले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *