वैशाख २९ सुखड – नेपाल कम्युनिस्ट पार्टी नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगर कमिटीले जनताको जीवन रक्षाका लागी युद्ध स्तरमा काम गर्न नगर सरकारलाई आग्रह गरेको छ । बुधवार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दे पछिल्लो समयमा नगरपालिकामा उत्कर्षमा पुगेको कोरोना सङ्क्रमण रोकथाम तथा जनताको जिउ धनको सुरक्षाका लागी कुनै पहल कदमी नचालेको भन्दै यस विषयमा नगर सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो । जनता दैनिक रूपमा कोरोना बाट मृत्युवरण गरिरहेको अवस्थामा नगर सरकार कुम्भकर्ण जस्तो गरी कानमा तेल हालेर नबस्न नेपाल कम्युनिस्ट पार्टी नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगर कमिटीले अनुरोध गरेको छ । घोडाघोडी नगर कमिटी सचिव खगेन्द्र हमालद्वारा हस्ताक्षर गरीएको एक प्रेस विज्ञप्तिमा कोरोनाले गर्दा धेरैले ज्यान गुमाई सक्दा पनि नगर सरकार यस विषयमा गम्भीर नबनेको आरोप लगाएको छ । विषम परिस्थितिमा कोरोना सँग जुध्नको लागी हाम्रो पाटीको तर्फ बाट के गर्न पर्छ हाम्रो पाटी गर्न तयार रहेको विज्ञप्ति उल्लेख गरीएको छ । नगर बासीको जिउ धनको सुरक्षाका लागी नगर सरकारले तत्काल दरख,साडेपानि र आमबासा स्वास्थ्य चौकीलाई कोरोना उपचार केन्द्र बनाउन नगर सरकार सँग जोडदार माग समेत गरेको छ । साथै समुदाय स्तरमा जनचेतनाको लागी वाईसेललाई जनस्तरमा जान निर्देशन समेत दिएको छ ।