डेमोक्रेसी सम्बादाता
सुखड,बैशाख ३० – कैलाली जिल्लाको घोडाघोडी नगरपालिका मा रहेको ईलाका प्रहरी कार्यलय सुखड लाई रास्ट्रीय युवा संघ नेपाल घोडाघोडी नगर कमिटीले कोरोना को दोस्रो लहर को संक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा सुरक्षा कर्मी हरुले जोखिम मोलेर नागरिकको जीउ धनको सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मि लाई सहजता पैदा गरोस र कोरोना रोकथामको लागि सहयोग मिलोस भनेर आज युवा संघ नेपाल घोडाघोडी सयोजक होम तामाङको नेतृत्वको टिमले १५१० थान मास्क र सानो ठूलो गरि करिब ४८ थान सेनेटाइजरको बोटल हस्तान्तरण गरेको छ।यस्तो कोरोनाको भयभीत अवस्थामा सक्ने जति सहयोग सबै नागरिक र संघ सस्थाहरुले गरेर मानबियताको धर्म निभाउन सयोजक तामाङले बताए।
उनले थपे हाम्रो सानो सहयोगले कसैको ज्यान बचाउन सकिन्छ भने त्यो भन्दा पुन्यको काम अरु कुनै हुन सक्दैन।साथै सो सहयोग प्रती कृतज्ञता जाहिर गर्दै ईलाका प्रहरी कार्यलयले युवा संघ नेपाल घोडाघोडी लाई प्रसंशा गरे।
अहिले अक्सिजन को अभाव मा कोरोना पीडितले ज्यान गुमाइ रहेको अवस्थामा अक्सिजन को सहज आपूर्तिको लागि पनि सरकार संङ युवा संघ ले जोडदार माग गरेको छ।