Tuesday, September 26, 2023

कञ्चनपुरको बीबी मार्टमा प्रहरीको छापा, २ जना सञ्चालक पक्राउ

प्रहरीले कञ्चनपुरमा रहेको बीबी मार्टका सञ्चालकलाई नियन्त्रणमा लिएको छ। 

आइतबार स्वास्थ्य सुरक्षाको मापदण्डको उल्लंघन गरेर उक्त मार्टले व्यवसाय सञ्चालन गरेको पाइएपछि प्रहरीले सञ्चालकलाई नियन्त्रणमा लिएको हो। 

मार्टमा स्वास्थ्य सुरक्षाको कुनैपनि मापदण्ड पालना नगरिएको र भिडभाड गरी व्यावसाय सञ्चालन गरेको भन्दै सञ्चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए। 
अहिले दुवै जनालाई पक्राउ गरी सोधपुछ भइरहेको उनले बताए। 

संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञा उल्लंघन गरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 7

Leave A Reply

Your email address will not be published. Required fields are marked *