Tuesday, September 26, 2023

कञ्चनपुरमा प्रेस ज्याकेट लगाएर लागु औषध ओसार्ने पक्राउ

कञ्चनपुरमा प्रेस ज्याकेट लगाएर लागु औषध ओसार्ने पक्राउ परेका छन्।

जिल्लाको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाह सीमा क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरीले सुदूरखबर प्रेस लेखेको ज्याकेट लगाएका २५ वर्षीय नरेश जोशीलाई पक्राउ गरेको हो।

शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का जोशीले भारतीय नागरिकबाट ७ सय ग्राम खैरो हिरोईन नामक लागुऔषध ल्याएको शसस्त्र प्रहरीले बताएको छ। उनीसंग सुदूरखबरको परिचय पत्र समेत रहेको छ।

उनको साथबाट २ थान मोवाईल, एक थान क्यामेरा, ५ थान बैँकको चेक,  एक थान एटीएम, एक थान पश्चिम नेपाल दैनिकको पास, यू.एन ट्रेड कन्सर्नको नाममा रहेको ब्लूबुक बरामद गरिएको सशस्त्र प्रहरीले बताएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *