Tuesday, September 26, 2023

एमाले अध्यक्ष ओली र नेता नेपालबीच १ बजे छलफल

प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीचमा दिउँसो १ बजे सिंहदरबारमा भेटवार्ता हुँदैछ । आज दिउँसो हुने उक्त भेटवार्तामा आन्तरिक पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने विषय लगायत समसामयिक विषयमा छलफल हुने एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभएको छ ।

यसअघि वैशाख ३० गते उद्योगी रामेश्वर थापा निवासमा पार्टी अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकारात्मक रहेको थियो । सो भेटमा पार्टीको विवाद समाधान गर्न कार्यदल गठन गर्ने सहमति भएको थियो । एमाले नेता नेपाल पक्ष्ँले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा पु¥याउनुपर्ने जोडदार अडान राख्दै आउनुभएको छ । यहीबीचमा प्रधानमन्त्री एवम् एमले अध्यक्ष ओली र नेता नेपालबीचमा सिंहदरबारमा छलफल हुन लागेको हो ।

दुबै नेताबीचको सहमति पछि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री पदमा नियुक्ति हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 12

Leave A Reply

Your email address will not be published. Required fields are marked *