Tuesday, September 26, 2023

लुकाई छिपाई खेतको बाटो हुँदै भारततर्फ जादै गर्दा सशस्त्र प्रहरी द्वारा लागु औषध गाँजा बरामद

सशस्त्र प्रहरीले लागू औषध गाजा ३० के.जी. बरामद गरेको छ । पचरौता नगरपालिका वडा नंम्बर – १ मुसर बस्तीमा मंगलबार बिहानको समयमा गाँजा बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. पिपरपातीबाट खटिएका सशस्त्र प्रहरी निरीक्षक कमल पन्थीको कमाण्डमा खटिएको पैदल गस्ती टोलीलाई देख्ना साथ नेपालबाट भारततर्फ लैजादै गरेको १० के.जी. को ३ पोका अबैध गाँजा बरामद गरीएको सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराका कार्यालय प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताएका छन् ।
तयारी गाँजाको पोका बनाई बिहानको समयमा टाउकोमा बोकी लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखे पश्चात गाँजा सोही स्थानमा छाडी ब्यक्ति फरार भएको उनले बताए ।
खेतको बाटोबाट तस्करी भईरहेको सुचना प्राप्त भए पश्चात बि.ओ.पि.हरुमा पैदल गस्ती, साईकल तथा मोटर साईकलमा सिमा नाकाहरुमा निगरानी गर्न निर्देशन दिएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले जानकारी गराएका छन् । सिमा नाकाहरुमा कोरोना भाईरसले बन्द रहेको अवस्थामा सिमा नाकामा हुने तस्करीलाई निस्तेज गरी निगरानी बढाएको उनले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *