Tuesday, September 26, 2023

कपिलवस्तुको कृष्णनगरमा कडा बन्यो लकडान

कपिलवस्तु जिल्ला प्रशासन कार्यालय ले जारी गरेको निषेधाज्ञा कृष्णनगरमा निकै सशक्त बनेको छ । नेपाल सरकार, गृह मन्त्रालयकाे निर्देशनमा सवारीसाधन र यात्रुलाई आवागमनमा निकै निगरानी गरिएको छ ।

निगरानी गर्न इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक शुकदेव पौडेल सहितको टाेलीले आफै सडकमा खटी ड्युटी गरेका छन ।कृष्णनगर क्षेत्रमा निषेधाज्ञा झनै कडा बन्दै गएको भन्न सकिन्छ । एम्बुलेन्स सववाहन, दैनिक अत्यावश्यक खाद्य प्रयोजन ढुवानीका मालबाहक गाडीहरु , बिरामी लगायतलाई मात्रै आवागमन गर्न र अनआवश्यक रूपमा चलेका बिहान १०:०० बजेको समयमा देखी ११:४० बजे सम्म जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. २ स्थित लालकोठी स्थितीमा निषेधाज्ञा उल्ङघन गरि हिड्ने निम्न सवारी साधनहरुलाई होल्ड गरिएको मो.सा.२३ , जिप ४ थान , कार -१ ,स्कार्पियो – १ ,बस-१ नियंत्रणमा लिएर नियमानुसार कार्यवाही गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शुकदेव पौडेलले जानकारी दिनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *