Saturday, September 23, 2023

सेती अस्पतालमा ३३ कन्सन्ट्रेटर जडान, अब अक्सिजनको समस्या टर्ने

सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ। 

अस्पतालमा मङ्गबार ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको हो।  

अस्पतालमा संघीय सरकारले दिएका २४, प्रदेश सरकारले दिएका ६ र विभिन्न दाताहरूले सहयोग गरेका ३ गरि ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

सेती प्रादेशिक अस्पतालमा अक्सिजन नपाएर एक जनाको पनि मृत्यु नभएको अस्पतालले बताइरहेका बेला थप ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएपछि कोरोनाका बिरामीहरूको उपचारमा थप सहजता हुने सूचना अधिकारी श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *