गण्डकी प्रदेशको यूवा तथा खेलकुद मन्त्रालयमा राजिब गुरुङ (दिपक मनाङ्गे) दोहोरिएका छन ।
प्रदेश मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले बुधबार गरेको मन्त्री मण्डल विस्तारमा गुरूङलाइ यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी फेरी दिइएको हो । यस अघि उनी गत बैशाख १६ गते उक्त मन्त्रालयको कार्यभार सम्हालेका थिए । तर १० दिनमा नै उनकाे साे पद हटेकाे थियाे ।
मुख्यमन्त्री गुरुङले गरेको पाँच सदस्यिय मन्त्री मण्डलमा विस्तारमा किरण गुरुङले आर्थिक तथा मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पुनः प्राप्त गरेका छन । तिन जना मन्त्रीहरुले विना विभागिय मन्त्रीको रुपमा सपथ लिएका छन ।
सपथ लिएका मन्त्रीहरुमा राम शरण बस्नेत, नरदेवी पुन मगर र विकास लम्साल रहेका छन । उनीहरु सबै पुरानै अनुहारका हुन । सपथ ग्रहण पछी कुरा गर्दै मन्त्री बस्नेतले केही मन्त्रालय थप गर्ने योजना रहेको बताए । यस अघि सात मन्त्रालय रहेको प्रदेशमा यूवा तथा खेलकुद मन्त्रालय थप गरी आठ वटा बनाइएको थियो ।
मनाङबाट निर्वाचित मनाङे भने आजको सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन । उनले सोमबार मात्रै सपथ लिने बताइएकाे छ ।