Tuesday, September 26, 2023

देउवालाई नेपाल समूहले समर्थन गर्नु गम्भीर प्रदीप ज्ञवाली

देउवालाई नेपाल समूहले समर्थन गर्नु गम्भीर स् प्रदीप ज्ञवाली
नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समर्थन गर्नु गम्भीर रहेको बताएको छ ।

एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठकपछि प्रतिक्रिया दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले कम्युनिष्ट पार्टीमा अर्को दलको नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्नु कल्पना भन्दा बाहिरको विषय रहेको बताएका हुन् ।

उनले भने, ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपाल लगायतको हस्ताक्षरका बारेमा छलफल भएको छ । यो अत्यन्तै गम्भीर विषय हो । कार्यदलका साथीहरुमा पार्टीभित्रको संकटलाई हरसम्भव तरिकाले समाधान गर्ने विषयमा छलफल भएको छ । कम्युनिष्ट पार्टीमा यस्तो कल्पना गरिँदैन । कल्पनाबाहिरको विषयलाई हरसम्भव समाधान गर्नेछौँ ।’

कार्यदलको बैठकमा वरिष्ठ नेता नेपाल समूहका नेताहरुले संसद विघटन हुनेमा आशंका व्यक्त गरेको भएपनि संसद विघटन नहुने आश्वस्त पारेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । कार्यदलको आजको बैठकमा कुनै पनि विषयमा सहमति नजुटेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *