Tuesday, September 26, 2023

१५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा ओलीको दाबी

नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो दाबी पेस गर्नुभएको छ ।

ओलीले नेकपा ९एमाले० का एक सय २१ र जसपाका ३२ गरी एक सय ५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित संविधानको धारा ७६ ९५० बमोजिम प्रधानमन्त्री पदका लागि दाबी गर्नुभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभएको छ ।

दाबी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ ।

कांग्रेस र माओवादी गठबन्धनका शीर्ष नेताहरु बैठक कक्षमा राष्ट्रपतिको प्रतिक्षा गरिरहेका छन् । कांग्रेस र माओवादी गठबन्धन पनि सरकारको दाबी गर्दै शीतल निवास पुगेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६९५० अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसद्को बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिनुभएको छ ।

नयाँ सरकार गठनका लागि एक सय ३६ सांसदको आवश्यकता पर्छ । नेकपा ९एमाले०का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६९५० बमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *